Logo

महिला साफ च्याम्पियनसिप : बंगलादेशसँग पाकिस्तान ६–० ले पराजित



काठमाडौं, २५ भदौ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । यो जीतसँगै बंगलादेश सेमिफाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै बंगलादेश अन्तिम चारको नजिक पुगेको हो ।

बंगलादेशको फराकिलो जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् ।
बंगलादेशको यो लगातार दोस्रो जित हो । जारी प्रतियोगितामा पाकिस्तानको भने यो लगातार दोस्रो हार हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot