Logo

राप्रपा नेता रावलको निम्तो मान्न भारतीय मन्त्री नेपाल आउँदै, यस्तो छ कार्यक्रम



काठमाडौं, २५ भदौ । राप्रपाका प्रभावशाली नेता तथा बरिष्ठ समाजसेवी विनय रावलको निम्तो मान्न भारतीय नेता भोलि नेपाल आउने भएका छन् । भारतको उत्तर प्रदेश सरकारका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापति भोलि एक दिने भ्रमणको लागि नेपाल आउन लागेका हुन् । सो क्रममा नेपाल भारत द्धिपक्षीय सम्बन्धबारे कुराकानी हुने नेता रावलले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनकाअनुसार भ्रमणको दौरान बर्दियाको विकासका लागि उत्तर प्रदेश सरकारबाट हुनसक्ने र नेपालको तर्फबाट उत्तरप्रदेशलाई गर्न सकिने द्विपक्षीय सहयोगको बारेमा पनि छलफल हुनेछ । नेपाल र भारतबीच खुला सीमा रहेकोमा नेपालको बर्दिया र भारतको उत्तरप्रदेशमा सीमा जोडिएकाले बर्दियाको विकासमा उत्तरप्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने रावलको विश्वास छ ।

उनले बर्दियाको कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य, शिक्षा र नेपाली व्यापारी विशेषगरि बर्दियाका व्यवसायीहरूले भारतसँग व्यापार गर्दा पाएका समस्यालगायतका विषयलाई सम्बोधन गर्ने गराउनेतर्फ उत्तर प्रदेशका राज्यमन्त्री प्रजापतिको ध्यानाकर्षण गराउने पनि जनाए ।

भ्रमणको दौरान मन्त्री प्रजापतिले काठमाडौंस्थित् पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । रावल आगामी मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया २ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्दैछन् । उनले बर्दियाको समग्र विकासको लागि आफ्नो एजेण्डा पनि अघि सारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot