Logo

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता



काठमाडौं, २६ भदौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्न सक्ने भएका छन् ।

बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि बीमितहरुले उपचार सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot