Logo

झाँक्रीको नाम प्रतिनिधिसभाको लागि गुल्मी–२ बाट सिफारिश



काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री आगामी निर्वाचनमा गुल्मी–२ बाट प्रतिनिधिसभामा उठ्ने भएकी छिन् । पार्टीको गुल्मी कार्यसमितिले उनको नाम सो क्षेत्रबाट सिफारिश गरेको हो ।

झाँक्रीलाई सो क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार बनाउने चर्चा छ । उनलाई प्रधानमन्त्री एव्म कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सहयोग गर्ने वचन दिएका छन् ।

एमाले छोडेरएकीकृत समाजवादीमा लाग्दा झाँक्री सहरी विकासमन्त्री पनि भएकी थिईन् । झाँक्री यतिवेला जिल्लामा आफ्ना चुनावी गतिविधिमा व्यस्त छिन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot