Logo

आज थप १०४ जनामा संक्रमण पृष्टि, २ जनाको मृत्यु



काठमाडौं, २६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३५ सय ८७ जनामा गरिएको परीक्षणमा ८९ पीसीआर र १५ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २०१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । भने, देशभर २३ सय १६ सक्रिय संक्रमितको संख्या रहेको छ ।

आज एकै दिनमा ८ हजार ४ सय १२ जनाले कोरोनाबिरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्