Logo

ब्राउन सुगरसहित युवक पक्राउ



कैलाली, २७ भदौ । लागूऔषध ब्राउन सुगरसहित युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ रुवस होटल नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot