Logo

पहिलो साताकै सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘ब्रह्मास्त्र’, आमिर–सलमानलाई पछि पार्दै रणवीर



एजेन्सी, २८ भदौ । रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा पहिलो दिनदेखि नै कमाईको हिसाबले कीर्तिमान बनाएको छ ।

फिल्मले तेस्रो दिन ४५ करोड कमाएको हो । ब्रह्मास्त्रले पहिलो साता भारतमा १२५ करोड रुपैयाँ कमाएको छ । यस अनुसार ब्रह्मास्त्र विगत ६ वर्षमा पहिलो सप्ताहन्तमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

योसँगै फिल्मले ग्लोबल बक्स अफिसमा २२५ करोड रुपैयाँ कमाएको छ ।

भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार अयान मुखर्जीको ब्रह्मास्त्रले भारत र विदेशमा पनि राम्रो कमाइ गरिरहेको छ ।

फिल्मले ग्लोबल बक्स अफिसमा पहिलो दिन ७५ करोड कमाएको थियो ।

फिल्मले दोस्रो दिनको कमाईमा १० करोड थप्दै ८५ करोडको कलेक्सन गरेको छ । तेस्रो दिन फिल्मले व्यापार घट्दै ६५ करोड कमाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot