Logo

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय



काठमाडौं,२८ भदौ । नेपाल सरकारले ३५ अर्ब सहुलियतपुर्ण ऋण सहायता लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिबृद्धि कार्यक्रमका लागि २२५ अमेरिकन डलर बराबरको ३५ अर्ब सहुलियत ऋण लिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेरुजु फछ्र्यौट अनुगमन सचिवालयमा आर्थिक वर्ष ७९–८० का लागि राजपत्राकिंत स्तरको दरबन्दी स्वीकृत गर्ने बताए ।

राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायव महानिरीक्षकमा हुत्तराज थाप बढुवा नियुक्ति गर्ने सरकारले निर्णय गरेको छ। यसैगरी, बैठकले महालेखापरीक्षण टंकमणि शर्मा दंगाल नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च सन्तानहरूको २४ औँ महाधिवेशनमा सहभागिता जनाउन स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले महिला संरक्षण तथा उत्थान प्रणाली परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने वार्ता टोली गठन गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, अमेरिकाको वाशिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिइएको छ भने ०७९ असोज ८ र ९ गते स्वीडेनको स्टकहोममा आयोजना कार्यक्रममा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको भ्रमण स्वकृति गर्ने निर्णय गरिएको छ ।

सामाजिक सुरक्षा दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, नेपाल र रोमानियाबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत प्रधान गर्ने निर्णय गरेको छ।

यसैगरी, चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणको अवसरमा वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने भएको छ ।

पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिने,इजरालको कार्यक्रममा सहभागी हुन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई स्वीकृत दिने, मधेस प्रदेशमा चिडियाखाना बनाउन स्वीकृत दिने र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot