Logo

आज थप २ सय बढीमा संक्रमण पृष्टि



काठमाडौं, २८ भदौ । नेपालमा आज थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५९ जनामा गरिएको परिक्षणमा ८७ पीसीआर र ११६ एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, मंगलबार १ सय २६ जना कोरोना संक्रमित निको भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ । मन्त्रालयको अनुसार देशभर सक्रिय संक्रमितको संख्या २२ सय ३२ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख २९ हजार ८०७ जनाको संक्रमण विरुद्धको खोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्