Logo

नक्कली नोटसहित किशोर पक्राउ



पर्सा, २८ भदौ । नक्कली नोटसहित किशोर पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–८ स्थितबाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोट सहित छिपहरमाई गाउँपालिका–२ टिउकी बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्