Logo

माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनुः ओली



काठमाडौं, २८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् । नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे ।

पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनू ।’ प्रतिनिधिसभामा राष्ट्रिय पार्टी बन्न कम्तिमा एक सिट जित्नुपर्ने र ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ । ३ प्रतिशत मत नल्याए जति सिट जितेपनि समानुपातिकतर्फको सांसद निर्वाचित हुने छैनन् ।

ओलीले माधव नेपालको कडा आलोचना गर्दै निरन्तर खिइदै गएको टिप्पणी गरे । माधव नेपाललाई छाडेर धमाधम एमालेमा फर्किइरहेको ओलीको भनाई थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्