Logo

ली चान्सु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौं, २८ भदौ । नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको जनाईएको छ ।

हिजो (सोमबार) नेपाल आएका अध्यक्ष लीले यसअघि सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot