Logo

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, भदौ २९। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

त्यसैगरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा बैठक पनि आजै विहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्