Logo

राहदानी संग्रहालयमा ८८ वर्ष पुरानो राहदानी



काठमाडौं, भदौ २९ । राहदानी विभागमा रहेको राहदानी संग्रहालयमा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ ।

कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २० गते (सन् १९३४ अप्रिल २) जारी गरिएको उक्त राहदानी उनका छोराद्वय ८७ वर्षीय ध्रुवप्रसाद रिमाल र ७६ वर्षीय बालप्रसाद रिमालले मंगलबार राहदानी विभाग पुगेर महानिर्देशक सुरेन्द्रकुमार यादवलाई हस्तान्तरण गरेका हुन् ।

उक्त राहदानी हाल राहदानी संग्रहालयमा संग्रहित सबैभन्दा पुरानो भएको विभागका महानिर्देशक यादवले जानकारी दिए । सन् २०१९ मा स्थापना भएको संग्रहालयमा नेपाल तथा अन्य विभिन्न मलुकबाट जारी भएका पुराना राहदानी सम्भव भएसम्म संकलन गरी राखिएको छ ।

उपाध्यायका नाममा दसौं कूटनीतिक राहदानी जारी भएको थियो । उनले सन् १९३४ मा बेलायतमा राजदूतावास सञ्चालनका लागि नेपालबाट लन्डन जाने पहिलो टोलीको सदस्यका रूपमा उक्त राहदानी लिएको पूर्वपरराष्ट्र सचिव मदन भट्टराई बताउँछन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्