Logo

मिस्टर एन्ड मिस थारूलाई राप्रपा नेता विनय रावलद्वारा सम्मान र सहयोग



बर्दिया, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा आगामी निर्वाचनमा बर्दिया–२ बाट चुनाव लड्ने घोषणा गरेका विनय रावलले मिस्टर एण्ड मिस थारूलाई सम्मान गरेका छन् । मिस्टर थारूको उपाधि जित्न सफल लाल बहादुर रत्गैया र मिस थारूको उपाधि जित्न सफल अस्मिता राजवंशीसँग नेता रावलले भेट गर्दै थारू समुदाय र थारू समुदायका कला र संस्कृतिको उत्थान, संरक्षण र जगेर्ना गर्न आफू सँधै निरन्तर लागिरहने विश्वास दिलाएका छन् ।

उनले ‘मिस्टर एन्ड मिस थारू २०२२’ उपाधिका विजेता लालबहादुर रत्गैया र अस्मिता राजवंशी चौधरीलाई भेटेरै सम्मान गरेका छन् । उक्त भेटघाट तथा सम्मान कार्यक्रममा समाजसेवी नेता रावललाई ‘मास्टर इन बिजनेस स्टडी’ गरिरहेकी अस्मिता राजवंशी चौधरीले अझै अगाडिको अध्ययन गर्न कामको आवश्यकता रहेको जानकारी गराएकी थिईन् ।

नेता रावलले मिस थारू २०२२ अस्मिता राजवंशी चौधरीलाई काम खोजेर रोजगारी दिलाउने वचन दिँदै आफ्नो अध्ययनलाई निरन्तरता दिन अनुरोध गरेको जनाईउको छ । बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले रा।प्र।पा नेता रावलसँग आफूले गर्नु परेको संघर्ष र समस्याको बारेमा जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्