Logo

राप्रपा नेता रावल र आईजिपी सिंहबीच भेटवार्ता



काठमाडौं, २९ भदौ । राप्रपाका प्रभावशाली नेता विनय रावलले नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा बर्दियाको समग्र शान्ति सुरक्षा र सिमा अपराधलगायतको विषयमा छलफल गरेको नेता रावलले जनाएका छन् ।

रावल आगामी मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया–२ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । कांग्रेस परित्याग गरी राप्रपामा लागेका रावलको सक्रियता चुनावलक्षित देखिएको छ । यसअघि उनकै निम्तोमा भारतीय मन्त्री नेपाल भ्रमणमा आएका थिए ।

बर्दियाको समग्र विकासमा टेवा पुर्याउँदै आएका रावलको छवि समाजसेवीको रुपमा धेरै राम्रो छ । बर्दियाको विकासको लागि उनले आफ्नो ठाउँबाट ठूलो भूमिका निर्वाह गर्दै आएका छन् । रावलले आजमात्रै आईजिपी सिंहसँग भेटवार्ता गरेका हुन् ।

सो भेटवार्ताबारे उनले फेशबुकमा यस्तो लेखेका छन्-“प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह ज्युसंग भेटघाट गरि, बर्दिया जिल्लाकाे समग्र शान्ति सुरक्षा तथा सिमाअपराध लगायतका बिबिध बिषयहरूमा छलफल गरियाे ।”



प्रतिक्रिया दिनुहोस्