Logo

नेपाल र भारतबीच पाइपलाइन विस्तार छिटो कार्यान्वयनमा ल्याउने सहमति



काठमाडौं, २९ भाद्र । नेपाल र भारतबीच पेट्रोलियम र ग्याँस पाइपलाइन विस्तार गर्ने सहमति बनेको छ । दुई देशका परराष्ट्रसचिवस्तरीय बैठकमा त्यस्तो सहमति बनेको हो ।

बाराको अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोटीहारीदेखि चितवनसम्म एलपीजी ग्याँस पाइपलाइन विस्तारको कामलाई तिव्रता दिई कार्यालयमा ल्याउने सहमति बनेको हो । परराष्ट्रसचिव भरतराज पौडेल र भारतका विदेशसचिव विनयमोहन क्वात्राबीचको भेटमा दुई देशबीच सीमासम्बन्धी थाती रहेका समस्या समाधानबारे पनि छलफल भएको बुझिएको छ ।

भारतीय विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीच आर्थिक, वाणिज्य, कनेक्टिभिटी, विकास, व्यापार, सांस्कृतिक र जनजनबीचको सम्बन्धको सहयोग आदानप्रदानबारे छलफल भएको उल्लेख छ ।

कुर्ता विजालपुर, जयनगर बर्दिवास रेल सेवा सुरु गर्ने प्रक्रियालाई गति दिनेबारे समेत छलफल भएको भनिएको छ ।-Photo Source: MEA India



प्रतिक्रिया दिनुहोस्