Logo

तान्द्राङ्गकोटमा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइयो



काठमाडौं, २९ भदौ । गोरखा जिल्ला भिमसेनथापा गाउपालिका वडा न २ अन्तर्गत तान्द्राङ्गकोट धार्मिक रुपले प्रख्यात ठाउँ हो । पृथ्वीनारायण शाह देखिको इतिहास जोडिएको यसभुमि दुल्लभ ऋषि को भुमी हो । दुल्लभ ऋषि पृथ्वीनारायणको विश्वासिलो ज्योतिषी हुन ।

तान्द्राङ्ग कोट गोरखकालीको बहिनीको शक्तिको रुपमा पुजिने गरिन्छ । यसै तान्द्राङ्गकोटमा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
राष्ट्रिय झण्डा फहराउदै बिधिवत रुपमा पुजा गर्दै वडा अध्यक्ष नारायण प्रसाद भट्टराईले नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराउदा सहयोग गर्नुहुने पुर्व प्रदेश मन्त्री रामशरण बस्नेत, पुर्व मेयर पालुङटार नगरपालिकाका दिपक बाबू कडेल लगायतले स्थानीय सबैलाई धन्यवाद दिए ।

तान्द्राङ्ग कोटमा ६१ फिट अग्लो फहराइएको राष्ट्रिय झण्डासँग जोडिएको राष्ट्रियता स्वाधीनताको महत्वको साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्