Logo

रवीन्द्र मिश्र राप्रपा पस्दै



काठमाडौं, २९ भाद्र । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने भएका छन् । उनी असोजको पहिलो साता राप्रपा पस्ने भएका छन् ।

मिश्रलाई राप्रपामा उपाध्यक्ष बनाउने सहमति बनेको छ । उनी विगतबाट नै राप्रपा पस्ने गरी कुराकानीमा थिए ।

नेपालमा राजसंस्थाको पक्षमा लेख्ने र बोल्ने गर्दै आएका मिश्रको राप्रपा प्रवेशको तयारीलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot