Logo

आजको संसद बैठक स्थगित



काठमाडौं, भदौ ३० । आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबश एक दिन पछाडी सारिएको छ । बैठक अब भदौ ३१ गते शुक्रबार बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७ र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot