Logo

ट्राफिक प्रहरीद्वारा एकैदिन नियम उल्लघंन गर्ने २ हजारलाई कारवाही



काठमाडौं, ३० भदौ । ट्राफिक प्रहरीले बुधबार एकैदिन ट्राफिक नियम अवज्ञा गर्नेहरु २ हजार १९ जनालाई कारवाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा मातहतसमेतबाट कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १६, लेन मिच्ने ३१, रेडलाइट ४०, हर्न ७०, नम्बर प्लेट २८, अन्य १८ सय ३४ गरी कुल २ हजार १९ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्