Logo

ओलीको बोली-आगामी निर्वाचनमा एमालेले हार्न हुँदैन



काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज (बिहीबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेले हार्नै नहुने बताएका हुन् ।

“यो निर्वाचन पहिलेको जस्तोे सामान्य निर्वाचन होइन, यसको विशेष अर्थ र महत्व छ । लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि पनि यसपटक एमाले हार्न मिल्दैन”, अध्यक्ष ओलीले भने । देशको विकास गर्नका लागि एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति नभएको उनको जिकिर थियो ।

आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेता तथा कार्यकर्तालाई मत वृद्धि र मत रक्षा गर्नसमेत आग्रह गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर चलेकाले स्थानीय तहमा ३८ लाख मत प्राप्त गरिएकामा अबको निर्वाचनमा ५० लाख मत पु¥याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य तथा भरतपुर महानगरका सहइन्चार्ज अञ्जन तिमिल्सेना, कालिका नगरपालिकाका उपाध्यक्ष तुलबहादुर विक, बागमती प्रदेश कमिटी सदस्य गिरिधारी सुवेदीलगायत एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टी अध्यक्ष ओलीले स्वागत गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्