Logo

गल्ती त माधव नेपालले गर्नुभएको हो, यसमा दुई मत छैन् : सुरेन्द्र पाण्डे (भिडिओसहित)



काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले आगामी निर्वाचनमा आफ्नो दलले बहुमत हाँसिल गर्ने बताएका छन् । उनले माधव नेपालले पार्टी फुटाएर राम्रो काम नगरेको आरोप लगाए । उनले माधव नेपालले कांग्रेसलाई साथ दिएर समाजवादी आन्दोलन अघि बढाउने भन्ने कुरा नै नमिल्ने टिप्पणी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘उहाँले हिँडेको बाटो नै गलत छ । हामी त मूल घरमै छौं ।’ उनले आफूहरुले पार्टी विभाजनको मुखमा आफूहरुले माधव नेपाललाई साथ नदिएको खुलासा गरे ।

उनले पार्टी एकता गर्नुपर्छ भन्ने प्रस्ताव नै माधव नेपालको भएको स्मरण गराए । उनले पार्टीभित्र भएका विमतिहरु कमिटीमा राखिने विधि रहेको सुनाए । उनले पार्टीमा बहुमतले गरेको निर्णय सबैले बोकेर हिँड्नुपर्ने सुनाए ।

उनले अहिले पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा सर्वसम्मत् रुपमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको र यसमा कुनै विवाद नरहेको स्पष्ट पारे । उनले यसमा आफूहरु सबैको समर्थन रहेको सुनाए । उनले १० भाइलाई टिकट नदिने भन्ने हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्