Logo

कम्युनिष्टको चंगुलमा कांग्रेस फस्ने त कुरै छैन : रामचन्द्र पौडेल (भिडिओसहित)



काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनको लागि गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये कांग्रेसले ९० सिटको हाराहारीमा सहमति जनाउने स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग् कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता पौडेलले आफ्नो पार्टी कम्युनिष्टको चंगुलमा नफस्ने पनि दाबी गरे । उनले भने,‘कांग्रेस कम्युनिष्टको चंगुलमा फस्ने त कुरै छैन, नेपालमा कहाँ छ कम्युनिज्म ?’ उनले कांग्रेसले कम्युनिष्टलाई शान्तिको बाटोमा ल्याएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्