विद्युत प्राधिकरणद्धारा कर्मचारी माग (सुचनासहित)


काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले रिक्त पदपुर्तिका लागि १०औं तहदेखि ३ तहसम्मका कर्मचारीको आवेदन आह्वान गरेको हो । खुल्ला प्रतिस्पर्धामार्फत पदपुर्तिका लागि आवेदन माग गरिएको हो ।

प्राधिकरणको अनुसार इच्छुक नेपाली नागरिकले आगामी असोज २० गतेसम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।