Logo

असोज १२–१४ गतेसम्म भृकुटीमण्डपमा ‘अटो एक्स्पो’ हुँदै, यस्ता छन् विशेषता



काठमाडौं, ३१ भदौ । दशैंको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला लाग्ने भएको छ । सो अवसरमा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाईने भएको छ । आयोजक संस्था क्यास अन ह्विलको ओाजनामा हुने उक्त अटो मेलामा सहभागी भइ लाभ उठाउनको लागि आग्रह गरिएको छ ।

क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीले भने,‘गाडी किनबेच या एक्सचेन्च गर्न अहिलेको जमानामा थुप्रै विकल्प छन् । हाम्रोबजार डटकम, क्यास अन ह्विल र अन्य सामाजिक सञ्जालमार्फत पनि यो काम भैरहेको छ । तर, भृकटीमण्डपमा यही असोज १२ गतेदेखि हुने मेलामा भने २ सय भन्दा बढि प्रयोग गरिएका गाडीका विक्रेताहरु हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिनेछन् ।’

एक्सपोमा किन्ने र बेच्नेबीच सिधा डिल हुने पनि आयोजकले जनाएको छ । मेलाको उद्घाटन भने भौतिक पूर्वाधा तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले गर्ने विश्वास लिईएको छ । मेलाको मिडिया पाटर्नर भने प्राइम टिभी रहेको छ । मेला विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

मेलाको बारेमा विस्तृत जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोला –

https://cashonwheel.com/auto-expo



प्रतिक्रिया दिनुहोस्