Logo

दशैँमा लुटपाट गर्ने सोच बनाउनुभएको छ भने होसियार !



काठमाडौं, ३१ भदौ । दशैँ र तिहार लगायत चाडपर्व लक्षित जिल्ला प्रहरी परिसर ललितपुरले सुरक्षा योजना ल्याएको छ । प्रहरीले चाडवाडमा हुने चोरी, डकैती, लुटपाट, सवारी टिकेटमा गराइने क्रृतिम अभावलाई केन्द्रीत गर्दै विशेष योजना लागु गरेको हो ।

बैंक, किनेमेल गर्ने स्थान, सुनचाँदी पसललगायत मानिसहरुको उल्लेख्य सहभागिता हुने स्थानहरुमा एक सिफ्टमा १५ सय प्रहरी परिचालन हुने भएका छन । सादा पोसाकमा खटिने प्रहरीले त्यस्ता समुहको निगरानी गर्ने जनाइएको छ ।

प्रहरीको अनुसार नियन्त्रणमा खटिएका प्रहरीले लुटपाट गर्नेलाई बल प्रयोग गर्न सक्ने पनि आदेश पाएका छन् । उनीहरुलाई खुट्टामा गोली हान्ने सम्मका आदेश दिइएको छ ।

त्यस्तै, प्रहरीले नाकामा हुने चेकजाँच, रातिको समयमा हुने चेकजाँच र होटलमा अवाञ्छित गतिविधि गर्नेहरुमाथि कडा निगरानी राख्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्