Logo

शान्ति शर्माको ‘ढुकढुकी बसाइँ सदैछ…’



काठमाडौं, ३१ भदौ । गजलकार शान्ति शर्माको म्युजिक भिडियो ‘ढुकढुकी बसाइँ सदैछ…’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गजलमा सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको संगीत संयोजन र शिव परियारको आवाज रहेको छ ।
लक्ष्मी बर्देवा र जीवन भट्टराई निर्देशित म्युजिक भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई, शान्ति शर्मा लगायतको अभिनय छ । यसको छायांकन बुद्ध थापा र सम्पादन विष्णु खड्काले गरेका हुन् ।
यसअघि शर्माका ‘सपनाको समाधि’ कवितासंग्रह, ‘अम्लान फूल’ गजलसंग्रह र ‘बार्दलीमा’ जून’ मुक्तकसंग्रह प्रकाशित छन् ।



प्रतिक्रिया दिनुहोस्