Logo

आज महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाउँदै



काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउने भएको छ ।

सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरू साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र आज प्रतिवेदन बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। संसद् आज राति १२ बजे सकिने भएकाले समितिले आजै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमल्निे र पूर्वप्रधानन्यायाधीशहरुले पनि आफूहरु जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र बयान लिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot