Logo

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल



काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् ।
“मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र संसद् नयाँ तरिकाले चल्नुपर्‍यो भनेर तीन वर्षसम्म दबाब सिर्जना गरें । तर त्यसको कुनै सुनुवाइ भएन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस हिसाबले प्रयास गर्नुभएन । सभामुख अग्नि सापकोटा खह्रो स्वभावको भएकाले संसद् सञ्चालनमा के हुने हो भन्ने चिन्ता थियो । तर साढे चार वर्षको अवधि उहाँले नियम कानुन अनुसार कुशलतापूर्वक सञ्चालन गर्नुभयो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले भने ।
कोभिड १९ र नेकपा एमालेको ८ महिने अवरोधका कारण संसद् जनअपेक्षा अनुसार चल्न नसकेको उनले  बताए । नेता गजुरेलले प्रतिनिधिसभाको कार्यकाल सकिए पनि सिफारिस समितिको प्रतिवेदनअनुसार सभामुखले महाभियोग अघि बढाउने औैंल्याए । महाभियोग टुंगो नलागेको स्थितिमा अर्को संसद्लाई हस्तान्तरण हुने कि नहुने भन्ने बहस र छलफल चल्नु स्वाभाविक भएको उनको टिप्पणी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot