Logo

पाँच वर्षमै प्रदेश सरकारले सबै काम गरेन भन्न मिल्दैनः मुख्यमन्त्री पाण्डे



काठमाडौं, १ असोज । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकमा संघीयता आवश्यक रहेको बताएका छन् ।
“पहिले मुलुकमा ३९१५ गाविस र नगरपालिका थिए, अहिले ७५३ पालिका छन् । संघीयताको कारण खर्च कसरी बढेको छ ? सरकार भनेको जहाँ जहाँ नाफा हुन्छ, जहाँ जहाँ कमाइ हुन्छ, त्यहाँ त्यहाँ लगानी गर्ने कुरा पनि होइन सरकार । सरकार भनेको बिजिनेस हाउस होइन । सरकारको कामै खर्च गर्ने हो,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै पाण्डेले भने ।
मुख्यमन्त्री पाण्डेले संघीय सरकारका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भएको पनि औंल्याए । उनले थपे, “ऋषिजी, तपाईंले जन्मेको दुई वर्षमा पत्रकारिता सुरु गर्नुभएको हो ? पाँच वर्षमा प्रदेशले सबै कुरा गरेन भन्न मिल्छ ? गाउँ र नगरसँग प्रहरी छ । संघीय सरकारले प्रदेशमा प्रहरी समायोजन समेत गरिदिएको छैन । यो ग्राउन्ड रियालिटी थाहा नपाउनेले संघीयताको विरोध गरिरहेका छन् । संघीयता खारेज गर्छु भनेर ल भोट माग्न हिँडून् त, तिनलाई जनताले भोट हाल्छन् ?”



प्रतिक्रिया दिनुहोस्