Logo

सङ्कटको निकास दिने नेता सिटौला



विष्णुप्रसाद पोख्रेल : कृष्णप्रसाद सिटौला नेपाली काङ्ग्रेस पार्टीमा आबद्ध कुशल, सफल, दूरदर्शी, शान्तिप्रेमी नेपाली राजनीतिज्ञ हुनुहुन्छ । सिटौला नेपाली राजनीतिमा उच्चतम उचाइ भएका नेता हुनुहुन्छ भन्दा अत्युक्ति हुँदैन । नेपाली काङ्ग्रेसका महामन्त्री तथा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका सिटौलाको व्यक्तित्व बहुआयामिक रहेको छ । वि.सं. २०५२ सालदेखि भूमिगत सशस्त्र आन्दोलन गरेका माओवादीलाई सरकारी वार्ता टोलीको संयोजक भएर बृहत् शान्ति सम्झौतामार्फत् शान्ति प्रक्रियामा ल्याएर टुङ्गोमा पु¥याई मुलुकलाई नयाँ दिशामा प¥याउन वहाँले खेलेको कुटनैतिक भूमिका नेपाली राजनीतिमा महŒवपूर्ण योगदानका रूपमा रहेको कुरा इतिहासले मूल्याङ्कन गर्ने छ । शान्ति प्रक्रियालाई कार्यरूप दिन तथा देशमा गणतन्त्रलाई संस्थागत गर्न तत्कालीन नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री श्रद्धेय गिरिजाप्रसाद कोइरालाका अन्तरङ्ग विश्वास पात्र भएर वहाँले लामो समयसम्म काम गर्नुभयो । माओवादी सशस्त्रद्वन्द्वको चपेटाबाट देशलाई निकास दिन तथा माओवादीको हतियारलाई क्यान्टोनमेन्ट हुदै अन्तत सरकारलाई बुझाउने वातावरण बनाई देशमा शान्ति र स्थिरता ल्याउनसमेत वहाँले नेतृत्वदायी भूमिका निर्वाह गरेको सर्वविदितै छ । संविधानसभामा संविधान मस्यौदा समीतिको सभापती भइ सफल रूपले सविधान जारी गरी पहिलो पटक निर्वाचनमा सबैले भाग लिने संविधान जारी गर्नुमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो ।

राजनीतिक स्थिरताका लागि तथा जनताको लामो समयदेखि आफ्नो संविधान आफैँ बनाउने सपनाबमोजिम सम्पन्न भएको दोस्रो संविधान सभाको चुनावबाट सबै जात, जाति, भाषाभाषी र समुदायको अधिकार समेटिएको संविधानको मस्यौदा तयार गर्ने तथा स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारले संविधान जारी गर्ने निर्णय गर्ने सन्दर्भमा पनि वहाँको महŒवपूर्ण योगदान रहेको हो । राज्यलाई सङ्कटका भुमरीबाट जोगाउने महत्तम कार्य गर्ने कृष्णप्रसाद सिटौला नेपाली राजनीति तथा जनमानसमा एक बौद्धिक, शालीन तथा समन्वयवादी नेताका रूपमा परिचित हुनुहुन्छ । नेपाली राजनीतिमा जब कठिन समय आउँछ, अविश्वास तथा मनमुटाव बढेर जान्छ, त्यतिवेला त्यसलाई वार्ता र सहमतिका माध्यमबाट उचित व्यवस्थापन गर्ने काममा पनि सिटौलाले अत्यन्त कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको देखिन्छ ।
राष्ट्रिय अस्तित्व, पहिचान र गौरवको रक्षाका खातिर वहाँले खेलेको भूमिका र निभाएको जिम्मेवारीले पनि वहाँ एउटा मध्यममार्गी, विश्वासिला तथा सबैले मान्ने नेता पनि हुनुहुन्छ भन्न सकिन्छ । वास्तवमा वहाँ देख्दा जति सरल र शालीन हुनुहुन्छ, व्यवहारमा त्यसभन्दा बढी भद, शालीन र जिम्वेवार हुनुहुन्छ भन्दा केही अत्युक्ति हुँदैन । नेपाली राजनीतिले स्पष्ट बाटो नसमातेको सन्दर्भमा यसलाई राम्रो तरिकाले सही बाटामा हिँडाउन नेपाली काङ्ग्रेसको नेतृत्वको आवश्यकता पर्छ । नेपाली काङ्ग्रेसलाई पनि विचारको पार्टी बनाउन, जनप्रिय बनाउन तथा विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई कार्यरूप दिन कृष्णप्रसाद सिटौलाको आवश्यकता अपरिहार्य देखिन्छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि गठबन्धनका तर्फबाट उमेदवारका लागि सिट बाँडफाँडको संयोजक वहाँलाई बनाउनु पनि सबै पार्टीले वहाँ माथि गरेको विश्वास र वहाँभित्रको तीक्ष्ण बुद्धिमत्ता र इमानदारिता नै हो । कृष्णप्रसाद सिटौला राष्ट्रिय नेता हुनुहुन्छ । राजनीतिलाई सेवाका रूपमा लिने र निष्ठाको राजनीति मन पराउने सिटौलाले झापा क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नुभएको छ । यस लेखमा वहाँले गरेका विकासका कामहरूको सामान्य समीक्षा गरिएको छ ।

झापा क्षेत्र नम्बर–३ मा नेपाली काङ्ग्रेसको तर्फबाट विजयी भई २०७० मा सङ्घीय सांसद बन्नुभएका कृष्णप्रसाद सिटौला विकासप्रेमी नेता हुनुहुन्छ । विशेषतः झापा जिल्लाको मुहार फेर्न, विकासका योजनाहरू ल्याउन तथा रोजगारीका अवसरहरू सिर्जना गर्न सिटौलाको अतुलनीय योगदान रहेको छ । विकास निर्माण तथा राजनैतिक जागरणका सन्दर्भमा सिटौला झापालीहरूका प्यारा नेता हुनुहुन्छ । वहाँको कार्यकालमा झापा क्षेत्र नम्बर–३ मा रु तीन अरबभन्दा बढीको काम भयो । अहिले पनि त्यहाँ जुनसुकै पार्टीका जनताहरू सिटौला नै आउनुपर्ने चर्चा गर्छन् । चारआलीदेखि केचना जाने ४० किमीको बाटो वहाँकै पहलमा बनेको हो भने हुलाकी सडक (भद्रपुर–राजगढ) पनि वहाँकै पहलमा पूरा भएको हो । वहाँले नै भद्रपुरमा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह बनाउन विशेष योगदान दिनुभएको हो । वहाँले मेची अञ्चल अस्पताललाई मेडिकल कलेजका रूपमा स्थापना गर्नाका निम्ति प्रक्रिया अघि बढाई ३३ करोड रूपैयाँ यसै आर्थिक वर्षको वजेटमा समावेश गराउनु भएको छ । त्यसै गरी पाठामारी—बालुबाडी सडक (१५ किमी)को प्रारम्भ, सहिद नेत्रमार्ग गरामनी–जलथल चारकोसे जङ्गल हुँदै पथरिया ३२ किमी सडक सर्भे गराएर त्यसलाई पूरा गराउने लक्ष्य राख्नुभएका सिटौला जनताको मन जितेका सेवक एवं विकासप्रेमी नेता हुनुहुन्छ ।

कृष्णप्रसाद सिटौलाले गरेका क्रमगत आयोजनाहरूमा सहिद चन्द्रमणि मार्ग बालुवाडी–८ देखि २ हुँदै वडा नम्बर ९ सम्म जोड्ने सडकको स्तरोन्नति, मेची लोकमार्ग बागाडाँगी पथरिया–८ हुँदै घेरावारी जाने सडक स्तरोन्नति, किराँती कल्याण सामुदायिक भवनको निर्माण (भद्रपुर), बाल सामुदायिक भवनको निर्माण, बनियानी, महिला सामुदायिक भवन निर्माण, साबिक पृथ्वीनगर—५, सहिद चन्द्रमणि भट्टराई प्रतिष्ठान, नारी सिप विकास केन्द्र, बनियानी, चन्द्रभानु मा.वि. छेउ बक्स पुल निर्माण, मातातीर्थ मन्दिर तथा सामुदायिक भवन निर्माण, पृथ्वीनगर—५, जलथल देवनिया मन्दिरमा पुल, पाठामारी झिङ्खोलामा पुल (वडा नं.३ र ९ का लागि), भद्रपुर–राजगढ सडकअन्तर्गत अदुवा खोला, भुसुडी खोला र भुतेनी खोलामा पुल निर्माण, पृथ्वीनगर बाघे खोलामा पुल, पृथ्वीनगर अरनिको मा.वि.नजिक पुल निर्माण, वालुवाडी–२ चन्द्रमणि मार्गमा पर्ने बालुवा खोलामा पुल, देवनिया खोला, पृथ्वीनगर—४ मा तटबन्धन, देवनिया खोला माझी बस्तीमा तटबन्धन, देवनिया खोला जलथल—१ देवीवस्ती लालीगुराँस टोलमा तटबन्धन, बाहुन ढोकापुल संरक्षण गर्नाका लागि साबिक जलथल—८ र ९ मा तटबन्धन, पथरिया–३ मा श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा समितिको भवन निर्माण, वनियानी–३ मा उत्रासु गङ्गा मन्दिर परिसरको मर्मत–सुधार, पथरिया नयाँ हाटमा कृषिबजार निर्माण, पृथ्वीनगरमा सोमवारे कृषिबजार निर्माण, बनियानी बजारमा कृषिबजार निर्माण, गौरीशङ्कर खानेपानी आयोजनाको निर्माण, पृथ्वीनगर–८, सुकुना डिगी खानेपानी आयोजना पृथ्वीनगर, पथरियामा दल्की खानेपानी आयोजना निर्माण, बालुवाडी–२, मा बालुवाडी खानेपानी आयोजना निर्माण, जलथलमा जलथल खानेपानी आयोजना निर्माण, केचनामा केचना खानेपानी आयोजना निर्माण, घेराबारीमा घेराबारी खानेपानी आयोजना निर्माण, बनियानीमा बनियानी खानेपानी आयोजना निर्माण, महेशपुरमा महेशपुर खानेपानी आयोजना निर्माण, पाठामारीमा पाठामारी खानेपानी आयोजना निर्माण रहेका छन् ।

कृष्णप्रसाद सिटौलाले झापा–३ मा शैक्षिक क्षेत्रमा पनि महŒवपूर्ण काम गर्नुभएको छ । शिक्षाबाट नै अनुशासित तथा आदर्श समाजको निर्माण गर्न सकिन्छ । समाज परिवर्तन र विकासको मुख्य आधार भनेकै शिक्षा हो भन्ने मान्यता राख्ने सिटौलाले शिक्षाका क्षेत्रमा विशेष चासो राखी काम गर्नुभएको छ । लक्ष्मीप्रसाद देवकोटा मा.वि. पथरिया–८ मा कम्पाउन्ड वाल निर्माण, अरनिको मा.वि. मा भवन निर्माण, गौतमबुद्ध आधारभूत विद्यालय भद्रपुरको भवन निर्माण पनि वहाँले नै गर्नुभएको हो । वीरेन्द्र नमुना क्याम्पस, चन्द्रगढी, महेन्द्र रत्न मा.वि. केचनामा भवन निर्माण गर्नेदेखि लिएर शान्ति प्रा.वि. जलथलमा भवन निर्माणमा पनि वहाँको उल्लेख्य भूमिका रहेको छ ।
कुनै पनि ठाउँको भौतिक, सामाजिक, शैक्षिक, व्यापारिक तथा अन्य कुराको विकासमा बाटोघाटोको महŒवपूर्ण भूमिका रहेको हुन्छ । सिटौलाले झापाका विभिन्न क्षेत्रहरूमा बाटोघाटो बनाउनेदेखि लिएर विभिन्न पुलहरूको निर्माण गर्न उल्लेख्य भूमिका खेल्नुभएको छ । सडक सञ्जालको विकासले भौतिक, आर्थिक विकासमा गुणात्मक परिवर्तन आउने भएकाले यसप्रति सचेत भई वहाँले जलथल देवनिया नदीमा पुल, पथरिया—केचना अङ्गुल फुट्टा नदीमा पुल, पाठामारी झिङ खोलामा पुल (वडा नं.३ र ९), वालुवाडी वडा नं. १ र ४ को बालुवा खोलामा पुल, भद्रपुर राजगढ सडकअन्तर्गत अदुवाखोला, भुसुडी खोला र भुतेनी खोलामा पुलनिर्माण, पृथ्वीनगर वाघे खोलामा पुल, पथरिया–१,जमुना खोलामा पुल, बाहुन ढोका पुल संरक्षण गर्नुका साथै साबिक जलथल–८ र ९ मा तटबन्धन, मेचीनदीमा तटबन्धन, वालुवाडी वडा नं. १, ९ र २ को बालुवा खोलामा तटबन्धन, मेची नदीमा झोलुङ्गे पुलनिर्माण जस्ता विकासका कार्यहरू गर्नुभएको छ ।

‘स्वस्थ शरीरले नै स्वस्थ विचारको निर्माण गर्छ’ भन्ने मान्यतामा विश्वास राख्ने कृष्णप्रसाद सिटौलाले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्यका क्षेत्रमा पनि उल्लेख्य काम गर्नुभएको छ । जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेका सिटौलाका पालामा बनेका स्वास्थ्य चौकीहरूमा केचना स्वास्थ्य चौकी भवन, पाठामारी स्वास्थ्य चौकी, बनियानी स्वास्थ्य चौकी, पथरिया स्वास्थ्य चौकी, महेशपुर स्वास्थ्य चौकी, घेरावारी स्वास्थ्य चौकी, पृथ्वीनगर स्वास्थ्य चौकी पर्दछन् । यी स्वास्थ्य चौकीहरूको थप स्तरोन्नतिका लागि सक्रिय सिटौलाले तत्काल यी स्वास्थ चौकीहरूलाई एम्बुलेन्स उपलब्ध गराउन विशेष पहल गर्नुभएको छ । उक्त विषय मन्त्रालयबाट निर्णय भई कार्यान्वयनको चरणमा रहेको छ ।

कृष्णप्रसाद सिटौलाले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ३ को विद्युत् बिस्तारका लागि इस्टिमेट तयार पारी पोल, तार र ट्रास्टफर्मर उपलब्ध गराउन अहम् भूमिका खेलेको सर्वविदितै छ । त्यति मात्र होइन, वहाँकै पहलमा महेशपुर रङ्गेडाँडाका २४ विस्थापित परिवारलाई २०३४ सालमा बसोबास गराइएको तर जग्गाधनी प्रमाणपुर्जा नदिइएको सन्दर्भमा मन्त्रीपरिषद्बाट निर्णय गराई जग्गाधनी पुर्जा दिइएको थियो । जनताको जिउधनको सुरक्षाका खातिर वहाँले नै साबिक केचना र घेरावारी गाविसमा सीमा सुरक्षा सशस्त्र बेसक्याम्प स्थापना गराउनु भएको हो । सिटौलाले नै घेरावारीमा २ ओटा अस्थायी प्रहरी पोस्ट स्थापना गराउनु भएको हो भने पृथ्वीनगरमा अस्थायी सशस्त्र प्रहरी वेसक्याम्प स्थापना गर्नुभएको हो ।

सिटौलाको पहलमा स्वीकृत भई कार्यान्वयनको चरणमा रहेका योजनाहरूमा (१) सुकुना डिकी घेरावारी सडकमा पर्ने जमुना खोलामा पुल (२) वालुवाडी –३ डुमरगाछ बालुवा खोलामा पुल (३) सुकुना डिकी घेरावारी सडकमा पर्ने पथरिया—८ बगान बजार नजिक अमलफट्ट खोलामा पुल (४) साबिक पथरिया गाविस वडा नं. ४ मियाँटोलबाट भूमि राजवंशीको घरहुँदै आमबारी प्रा.वि. जाने बाटो (५) साबिक पथरिया गा.वि.स. वडा नं.–४ दुर्गाभित्ता चोकबाट साबिककै केचना गा.वि.स. जोड्ने नेत्रमार्गको स्तरवृद्धि (६) साबिक पथरिया गाविस वडा नं.–४ कटुवाल चोकबाट घेरावारी जाने सडक (७) देवनिया खोलामा झोलुङ्गे पुल (८) वालुवारी हुँदै बुधवारे बजार जोड्ने बालुवा खोलामा झोलुङ्गे पुल (९) झोडा खोला साबिक केचना–८ हुँदै साबिक पाठामारी जोड्ने झोलुङ्गे पुल (१०) देवनिया खोलादेखि भद्रपुर जोड्ने झोलुङ्गे पुल (११) साबिक पृथ्वीनगर–७ देवीमन्दिर पूर्व झोलुङ्गे पुल (१२) साबिक चन्द्रगढी–१ कलवलगुडी हुँदै भद्रपुर नगरपालिका जोड्ने झलुङ्गे पुल (१३) साबिक जलथल–९ कञ्चनश्री बजार हुँदै राजगढ जोड्ने झलुङ्गे पुल (१४) साबिक जलथल–९ हुँदै गोलधाम जाने बाटो जोड्ने झोलुङ्गे पुललगायतका विकास निर्माणका कार्यहरू रहेका छन् ।

यसरी कृष्णप्रसाद सिटौलाले उल्लिखित विकास योजनाका कार्यक्रमबाहेक अन्य थुप्रै कार्यक्रमहरू आफ्नो निर्वाचन क्षेत्रमा ल्याउनु भएको छ । तीमध्ये धेरैजसो कामहरूको सम्पादन भइसकेको छन् भने केही कार्यक्रमहरू सम्पन्न हुने अवस्थामा रहेका छन् । झापा जिल्लालाई शैक्षिक, व्यापारिक तथा पूर्वकै आर्थिक केन्द्र बनाउन वहाँको नेतृत्वदायी भूमिका रहेको छ । साँच्चिकै भन्ने हो भने कृष्णप्रसाद सिटौलालाई पाउनु झापालीहरूको गर्वको विषय हो । झापा जिल्लाको भौतिक, सामाजिक, शैक्षिक, आर्थिक विकासका पर्याय बनेका सिटौला जिल्लाबासीका अत्यन्त लोकप्रिय नेता हुनुहुन्छ । अब देशको स्वरूपलाई अहिलेको अवस्थाबाट मुक्ति दिलाई समग्र राष्ट्रकै गुणात्मक विकासका लागि विकासको आधुनिक मोडलको आवश्यकता देखिएको र त्यसका लागि सिटौलाको आवश्यकता महसुस हुन्छ । वर्तमान राजनीतिक खिचलोका कारण जनतामा देखिएको नेतृत्वप्रतिको वितृष्णा शमन गराउन र स्थिर राजनीति तथा सुशासन स्थापनाका लागि समेत राष्ट्रिय राजनीतिमा सिटौलाको खाँचो परेको छ । समग्र राष्ट्रकै उत्थान गर्न तथा नेपाली काङ्ग्रेसलाई विचारको पार्टी बनाउन, श्रमजीवीको पार्टी बनाउन, किसानको पार्टी बनाउन, तरुणहरूको पार्टी बनाउन तथा युथहरूको पार्टी बनाउन सिटौलाको खाँचो छ, वहाँकै नेतृत्व आवश्यक छ यसर्थ आसन्न सङ्घीय निर्वाचनमा सिटौलाले झापा जिल्लाबाट विजय हासिल गरी नेतृत्व लिनु आवश्यक छ ।

आज देशमा सङ्घीय गणतन्त्रात्मक शासन विद्यमान छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन तथा त्यसलाई संस्थागत बनाउन सिटौलाले नेतृत्वदायी भूमिका बहन गरेको कुरा घाम जस्तै छर्लङ्ग छ । नेपाली राजनीतिमा जननायक वी.पी. कोइरालाको गुरुकूलमा राजनीतिक शिक्षादीक्षा ग्रहण गरेका सिटौला स्वच्छ छवि भएका शालीन एवं भद्र व्यक्ति हुनुहुन्छ । २०४ वर्से शाहवंशीय राजपरम्पराको अन्त्य गर्दै देशमा गणतन्त्र घोषणा भएको हो । तत्कालीन सरकारका तर्फबाट स्वयं कृष्णप्रसाद सिटौलाले नारायणहिटी गएर राजा ज्ञानेन्द्रलाई राजगद्दी त्यागी सर्वसाधरण नागरिकको जीवन यापन गर्न अनुरोध गर्नुभएको थियो । सोहीबमोजिम तत्कालीन राजा ज्ञानेन्द्र शाह सामान्य पत्रकार सम्मेलन मार्फत् आफ्ना कुरा राखेर राजदरबारबाट बाहिरिनु भएको थियो । विश्वमा यस्तो घटना विरलै हुने गर्दछ, जहाँ शासकहरू रक्तपात विनै शक्तिबाट ओर्लिएका हुन्छन् तर यहाँ श्रद्धेय नेता गिरिजाप्रसाद कोइराला र वहाँका विश्वासपात्र कृष्णप्रसाद सिटौलाको बुद्धिमत्तापूर्ण व्यवहारबाट देशले नयाँ काँचुली फेरेको हो । अतः देशलाई दुःखेका बेला सिटौलाले गरेको देशभक्तिपूर्ण कार्य सबैका लागि अनुकरणीय र प्रशंसनीय बनेको छ । चाहे त्यो सशस्त्रद्वन्द्वको अन्त्य गरी शान्तिप्रक्रियामा होस् अथवा अन्तरिम संविधान जारी गर्ने समयमा, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दा होस् अथवा नयाँ संविधानको मस्यौदा तयार गरी संविधान जारी गर्दा नै किन नहोस् । हरेक महŒवपूर्ण घडीमा सिटौलाले अग्निपरीक्षा कुशलतापूर्वक उत्तीर्ण गरेर देश र जनताको भलो गर्नुभएको छ ।

अब पुनः एक पटक अर्को परीक्षाको सङ्घारमा हामी आइपुगेका छौँ । आजको अस्थिर र तरल राजनीतिलाई स्पष्ट खाकासहित उचित गन्तव्यमा लैजान देशमा परिपक्व नेतृत्वको खाँचो खड्किएको छ । त्यसका लागि सिटौलालाई उत्तम तथा सर्व स्वीकार्य विकल्पका रूपमा लिन सकिन्छ र लिनु आजको अपरिहार्यता पनि हो । तसर्थ सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई आगामी निर्वाचनमा यो अवसरलाई उच्चतम उपयोग गर्न सादर अनुरोध गर्दछु ।



प्रतिक्रिया दिनुहोस्