Logo

नेताहरुको प्राथमिकतामा संघीयता कार्यान्वयन परेन : मुख्यमन्त्री पाण्डे (भिडिओसहित)



काठमाडौं, १ असोज । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालमा संघीयता अभिषाप नभएको स्पष्ट पारेका छन् । अहिले सिंहदरबारको अधिकार गाउँसम्म पुगेको भन्दै संघीयताले देशको विकासमा टेवा पुगेको उनको टिप्पणी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयताको कार्यान्वयन बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘नेताहरुको प्राथामिकतामा संघीयता कार्यान्वयन परेन । संघीयतालाई व्यवस्थित् ढंगले लैजानुपर्छ ।’ उनले सचेत जनताले मात्रै भ्रष्टाचार रोक्न सक्ने बताए । उनले आगामी निर्वाचनमा सही उम्मेदवार आउ र एक कप चिया नखाई भोट हाल्छौं भन्ने जनता हुनुपर्ने बताए ।

उनले भने,‘जब नेताले भोट किनबेच गर्ने स्थिति बन्छ, जब त्यो युवा, जनता भोट किनबेचमा सामेल हुन्छ, आज हामी खान्छौं, बाँकी पाँच वर्ष तिमी खाउ भनेको होईन र ?’



प्रतिक्रिया दिनुहोस्