Logo

भीम आचार्यलाई ऋषि धमलाको प्रश्न-तपाईँ कहाँ हराउनुभयो, जनताले बत्ति बालेर खोजिरहेका छन् त ? (भिडिओसहित)



काठमाडौं, १ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मुख्यमन्त्री भीम आचार्यले आफू जनताको बीचमा नै रहेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू जनताकै बीचमा रहेको बताएका हुन् । कुराकानीको सुरुवातमै पत्रकार धमलाले ‘तपाईँ कता हराउनुभयो, जनताले बत्ति बालेर खोजिरहेका छन् त ?’ भनेर सोधेका थिए । जवाफमा उनले भने–‘म जनताकै बीचमा छु, तपाईँकोमा चाहीँ नआएको हो ।’ उनले आफूले मुख्यमन्त्री हुँदा धेरै राम्रो काम गरेको जिकिर गरे ।

उनले राजनीतिमा आफू असफल नभएको स्पष्ट पारे । उनले आफू राजनीतिमा लडेर नै आजको पोजिसनमा आईपुगेको सुनाए । उनले आफू कसैको आर्शिवाद लिएर नआएको दाबी गरे । उनले आफूले एमाले कुनैपनि हालतमा नछोड्ने स्पष्ट पारे । उनले एमाले आफूले पनि मेहनत गरेर बनाएको सुनाए । उनले आफूले एमालेमा विद्रोह नगर्ने बताएपनि पार्टीभित्र समिक्षा जरुरी पर्नसक्ने बताए ।

आचार्यले भने,‘निर्वाचपछि पार्टीभित्र समिक्षा जरुरी पर्नसक्छ । यो विद्रोहको प्रश्नै होईन । विद्रो गर्नु परेको भए अहिलेसम्म किन यहाँ बस्नुपर्दथ्यो ।’ उनले एमाले बनाउने आफ्नो पनि त्यतिकै मेहनत रहेको सुनाए । उनले भने,‘मैले यो पार्टी आफूले पनि त्यति नै मेहनत गरेर बनाएको हो, कुनै एक जना नेताले बनाएको पार्टी होईन । उसको निजी पार्टी होइन, न माधव नेपालको, न झलनाथ खनालको, न केपी ओलीको, न वामदेव गौतमको, या कसैको निजी पार्टी होइन ।’ उनले एमाले केपी ओलीको मात्रै पार्टी भन्नु गलत हुने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्