Logo

बाबुराम भट्टराईलाई चुनाव नजिकिदै गर्दा छटपटी किन



काठमाडौं, १ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मंसिर ४ को चुनावले छटपटी बढाउन थालेको छ । उनको चुनावी क्षेत्र गोरखा २ विगतमा जस्तो सहज नहुने देखिएको छ ।

बाबुरामले आफ्ना लागि यो चुनाव अन्तिम भएको बताइसकेका छन् । उनले यसपटकको चुनावमा आफ्ना लागि मात्र नभई पत्नी हिसिला यमी र छोरी मानुषी यमीका लागि सिट सुरक्षित गर्न खोजेका छन् । हिसिलालाई समानुपातिकमा राखेर मानुषीलाई काठमाडौं क्षेत्र नं ७ बाट चुनाव लडाउन खोजेका छन् । उनले यसका लागि प्रचण्डलाई खुशी पार्न खोजेका छन् ।

प्रचण्डसँग पटक पटक भेटवार्ता गरिसकेका बाबुरामले ३१ भाद्रमा रात्रीभोज नै आयोजना गरेर कुरा गरेका छन् । उनले यसअघि नै माओवादीसँग एउटै चिन्ह लिएर चुनावी प्रतिष्पर्धा गर्ने निर्णय गरिसकेका छन् । यसको अर्थ बाबुराम र मानुषी दुवै माओवादीको चिन्हमा प्रतिष्पर्धा गर्नेछन् ।

हिसिला माओवादीको समानुपातिकको बन्दसूचीमा रहने सम्भावना छ । मानुषीका लागि सिट सुरक्षित गर्न भने गठबन्धनमा निकै कठिन भइरहेको बुझिएको छ ।

बाबुरामलाई यसपटक गोरखा २ कठिन हुनुको कारण हो मिलन चक्रे भनिने मिलन गुरुङ्गको सम्भावित उम्मेदवारी पनि हो । गोरखा २ मा उनको बलियो पकड छ । एमालेले मिलन चक्रेलाई टिकट दिने चर्चा छ । गुरुङ्ग बाहुल्यको गोरखामा मिलन चक्रेको व्यक्तिगत पकड राम्रो छ ।

काठमाडौंभित्र उनको डनको परिचय भएपनि गोरखामा उनी फरक पहिचान छ । चक्रेले चुनावी तयारीका लागि दुई वर्षदेखि तयारी गरेको बुझिएको छ ।

बाबुरामलाई अर्को चुनौती भनेको धर्मनीरपेक्षका विरोधीहरुको हो । विशेषगरी हिन्दू धर्मालम्बीहरु बाबुरामसँग असन्तुष्ट छन् । उनले हिन्दू धर्मालम्बीलाई चोट पुग्ने अभिव्यक्ति दिइरहे । सामाजिक सञ्जालमा योगी आदित्यनाथले दूध चढाउँदा गम्भीर प्रश्न उठाएका वाक्यांश सेयर गरेपछि विवादहरु भए । उनले निरन्तर हिन्दूमाथि चोट पुग्ने गरी बोलेबाट यसपटकको चुनाव पनि कठिन हुने चर्चा चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot