Logo

कामु प्रधानन्यायाधीश कार्की झन्डावाल गाडीमा सर्वाेच्व प्रवेश, के गर्लान चोलेन्द्र ?



काठमाडौं, भदौ २ । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई रोक्न सर्वोच्च अदालतको गेटमै धर्ना बसेका छन् ।

प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि सर्वाेच्व छिर्न लागेको प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई रोक्न बार पदाधिकारी गेटमा धर्ना बसेका हुन् ।

चोलेन्द्रले ११ बजे सर्वाेच्व पुग्ने बताएपछि अहिले उनलाई अदालत परिसरमा छिर्न नदिन व्यापक प्रहरी परिचालन गरिएको छ । कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की भने झन्डावाल गाडीमा अदालत प्रवेश गरिसकेका छन् । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ ।

फोटोः मुकुन्द कालिकोटे रिपोर्टर्स क्लब नेपाल

 

 



प्रतिक्रिया दिनुहोस्