Logo

नेपाल बार एशोसिएसनको निर्णय : कुनैपनि हालतमा चोलेन्द्रलाई सर्वाेच्व छिर्न नदिने



काठमाडौं, असोज २ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेपाल बार एशोसिएसनले सर्वोच्च छिर्न नदिने भएको छ।

आज बिहान बसेको नेपाल बारको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेपछि उनलाई रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालतको गेटमा धर्ना बसेका छन् ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने तयारी अनुसार सर्वाेच्वको गेटमा धर्ना सुरु भएको बताए ।

निलम्बित प्रधानन्यायाधीश राणा आज बिहान ११ बजे सर्वोच्च आउने बताएपछि उनी अझै आई पुगेका छैनन् । चोलेन्द्र आउनु अघि नै कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की भने अदालत प्रवेश गरिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot