Logo

निलम्बित प्रधानन्यायाधीश जबराको परिवारकै सदस्यहरुमाथि कडा सुरक्षा जाँच (भिडिओसहित)



काठमाडौं, २ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा प्रहरी तैनाथ गरिएको छ । आज विहान ११ बजे अदालत फर्कने तयारी गरेका जबरालाई सुरक्षाकर्मीले गेटमै रोकेका हुन् । जबराले भने रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा आफू नजरबन्दमा परेको प्रतिक्रिया दिएका थिए । जबराको यस्तो प्रतिक्रिया बाहिरिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबराको बालुवाटारमा रहेको सरकारी निवासमा पुगेको छ ।

कतिसम्म भने अहिले जबराका परिवारका सदस्यहरुमाथि पनि प्रहरीले कडा निगरानी राखेको छ । परिवारका सदस्यहरुको गाडीबाट जबरा बाहिर निस्किने हुन कि भनेर प्रहरीले गाडी नम्बर टिप्ने र नाम सोध्नेजस्तो काम गरेको पाईएको छ । महाभियोग सिफारिश समितिले सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको भोलिपल्ट आज (आइतबार) जबरा अदालत फर्कने तयारीमा थिए । तर, सरकारले जबरालाई अदालत फर्कनबाट अवरोध पुर्याएको छ । file photo

https://www.facebook.com/RishiDhamalaOfficial/videos/2079668962421998



प्रतिक्रिया दिनुहोस्

Screenshot