Logo

मेस्सीको गोलमा पीएसजी विजयी

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीको गोलको सहयोगमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा जीत निकालेको छ । गएराति भएको खेलमा लियोनलाई १-० गोलले पराजीत गर्दै पीएसजीले लिगमा सातौँ जीत निकालेको हो ।

ग्रुपमा रंगशालामा भएको खेलमा पीएसजीलाई जीत दिलाउन मेस्सीले गरेको गोलनै पर्याप्त बन्यो । खेलको पाँचौ मिनेटमै नेयमारको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पीएसजी १-० गोलले विजयी भयो ।

जीतसँगै पीएसजी ८ खेलबाट २२ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत रहेको छ । पराजीत लियोन समान खेलबाट १३ अंकको साथ छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Screenshot