Logo

संविधान दिवसमा सर्लाहीमा बृक्षारोपण, कर्मचारी–उद्योगीबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता



बखतियार अलि–सर्लाही, ३ असोज । सर्लाहीमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाईएको छ । संविधान दिवसको अवसरमा आज (सोमबार) संविधान दिवस मूल समारोह समिति सर्लाहीले जिल्ला समन्वय समिति सर्लाहीको तीनबिघे मैदानमा बृक्षारोपण गरेको छ ।

कर्मचारी मिलन केन्द्रको संयोजकत्वमा बृक्षारोपण गरिएको मिलन केन्द्रका अध्यक्ष रामदरेश रायले बताए । बृक्षारोपणमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरिक्षक प्रविण पोखरेललगायत कर्मचारीहरुको उपस्थिति थियो । जिल्ला वन कार्यालय सर्लाहीको सहयोगमा बिभिन्न प्रकारका रुखका बिरुवाहरु रोपिएका थिए ।

संविधान दिवसको उपलक्ष्यमा आजै कर्मचारी र व्यापारीहरुबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिताको समेत आयोजना हुने चेम्बर अफ कमर्शका संजय गुप्ताले जनाए । उद्योग वाणिज्य संघ शाखा मलंगवा र चेम्बर अफ कमर्शको संयोजकत्वमा कर्मचारी–उद्योगीबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुनेछ ।

संविधान दिवसको अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विभिन्न धार्मिक–सामाजिक संघ÷संस्थाबाट धार्मिक र सार्वजनिक स्थलहरुको सरसफाई गरि साँझमा दिपावली गर्ने कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्रका सचिव शुनिल कुशवाहाले बताए । संविधान दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot