Logo

नाकको शल्यक्रियाबारे प्रियंकाको स्पष्टीकरण : सास फेर्न समस्या भयो, अपरेशन गरियो



एजेन्सी, ३ असोज । प्रियंका चोपडा अभिनेत्रीहरु मध्ये एक हुन् जसले आफ्नो अनुहारको सौन्दर्य बढाउन सर्जरीको सहारा लिइन् ।

अभिनेत्रीले केही वर्षअघि नाकको रुप परिवर्तन गरेकी थिइन्, तर उनको कुरा पत्याइदिने हो भने उनले सौन्दर्यका लागि नभई सास फेर्न गाह्रो भएपछि नाकको शल्यक्रिया गराएकी हुन् ।

प्रियंकाले दम रोगका कारण नाकको शल्यक्रिया गराउन गएको तर चिकित्सकको लापरवाहीका कारण उनको नाकको आकार नै परिवर्तन भएको बताइन् । नतिजा देखेर प्रियंका निकै डराइन् र आफूलाई चिन्न सकिनन् ।

अन्तर्राष्ट्रिय आइकन बनेकी प्रियंकाले सन् २०२१ मा आफ्नो आत्मकथा अनफिनिश्ड सार्वजनिक गरिन् । यस पुस्तकमा प्रियंकाले आफ्नो जीवनसँग सम्बन्धित केही महत्वपूर्ण कुराहरु खुलाएकी छिन् । पुस्तकको एक भागमा प्रियंकाको नाकको बिग्रिएको शल्यक्रियाबारे लेखिएको छ,‘मलाई दमका कारण सास फेर्न समस्या हुन्थ्यो । पारिवारिक साथीको आग्रहमा मैले डाक्टरलाई भेटें। डाक्टरले मेरो नाक गुहामा पोलिप भएको याद बताउनु भयो, जसलाई शल्यक्रिया गरेर हटाउनु पर्ने थियो। जब डाक्टरहरूले मेरो नाकमा पोलिप निकाल्दै थिए, उनीहरूले गल्तीले मेरो नाकको पुल पनि खौरिदिए, जसले मेरो नाकको रूप बिग्रियो।’

अभिनेत्रीले थप लेखेकी छिन,‘शल्यक्रियापछि डाक्टरले मेरो नाकमा लगाइएको ब्यान्डेज हटाएपछि मेरो नाक देखिन थालेपछि आमा र म असाध्यै डरायौं । मेरो वास्तविक नाक गयो। मेरो अनुहार पूरै फरक देखिन्थ्यो ।’

प्रियंकाले किताबमा हरेक पटक ऐनामा हेर्दा आफ्नो अनुहार चिन्न नसक्ने खुलासा गरेकी छन् । उनले लेखेकी छन्, ‘अब मेरो सेल्फ स्टीम कहिल्यै रिकभर हुन सक्छ भन्ने सोचेको थिइनँ । मलाई याद छ मिडियाले मलाई प्लास्टिक चोपडा नाम दिएको थियो। यसले मेरो व्यावसायिक जीवनमा नराम्रो प्रभाव पारेको छ । शल्यक्रिया खराब भएपछि, मैले मेरो नाक ठीक गर्न फेरि शल्यक्रिया गर्नुप¥यो।’

उनी बाहेक दिशा पटानी, श्रीदेवी, शिल्पा शेट्टी, अनुष्का शर्मा, राखी सावन्त, कोयना मित्रा, कट्रिना कैफ, आयशा टाकिया, वाणी कपूर जस्ता धेरै अभिनेत्रीहरूले पनि नाकको शल्यक्रिया गराइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्