Logo

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर)



काठमाडौं, ३ असोज । आज आठौं संविधान दिवस । सरकारले संविधान दिवस भव्यताका साथ मनाएको छ। संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो ।

समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष सम्बोधन गरेका थिए ।  २०७२ असोज ३ गते संविधान सभाले नेपालको संविधान जारी गरेको थियो।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स क्लब नेपाल

 



प्रतिक्रिया दिनुहोस्

Screenshot