Logo

राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय



काठमाडौं, ३ असोज । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय चयन भएका छन् । भदौ ३० र ३१ गते पोखरामा सम्पन्न बैंकको ११औं महाधिवेशनबाट पाण्डेयको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् ।
उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरुमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल, रेणुका न्यौपाने, उषा ढुलाल, सुष्मा ज्ञवाली, कोषाध्यक्षमा ऋषि ज्ञवाली र सहकोषाध्यक्षमा लिना यादब तथा बाँकी २६ जना सदस्यहरु निर्वाचित बैंकले जनाएको छ ।

महाधिवेशनकोे समुद्घाटन नेकपा एमालेका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गरेका थिए । उनले राष्ट्रिय बाणिज्य बैंक नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण वित्तीय संस्था भएको बताउँदै, संंस्थालाई सबल बनाउन व्यवस्थापन र ट्रेड युनियनको भूमिका अहम हुने बताए ।

 



प्रतिक्रिया दिनुहोस्