Logo

चोलेन्द्र शमशेर जबरा अदालत जान पाउनुपर्छ : बरिष्ठ अधिवक्ता श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, ३ असोज । बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अब अदालत जान पाउनुपर्ने अवस्था रहेको बताएका छन् । उनले भने,‘उहाँलाई अभियोग लाग्यो, त्यो लागिसकेपछि उहाँलाई जसरी निलम्बनमा राखियो, त्यहाँदेखि नै जालसाजी सुरु भयो, उहाँलाई महाभियोग लगाएर थान्को लगाउने काम गरियो, त्यहाँ गलत भएको छ । संविधानमाथि जालसाज भएको छ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यो प्रकरणमा पाँच दलीय गठबन्धनको सरकारले गरेको सबै क्रियाकलाप गलत भएको आरोप लगाए ।

उनले प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई घरमा थुनेर राख्ने काम गरिएको भन्दै कांग्रेसप्रति आक्रोश पोखे । उनले भने,‘यदि प्रधानन्यायाधीश अपराधी नै थिए भने कारबाही किन नगरेको ? संसद् छँदै कारबाही गर्नुपर्दथ्यो नि ।’



प्रतिक्रिया दिनुहोस्