Logo

देउवा पत्नी आरजु राणाको नाम समानुपातिकमा, प्रत्यक्ष चुनाव नलड्ने !



काठमाडौं, ३ असोज । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा प्रत्यक्ष चुनाव नलड्ने भएकी छिन् । पार्टीलाई उनलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउनेगरि तयारी थालेको छ । यसअघि उनी कैलाली, बाग्लुङ, बर्दियालगायतका क्षेत्रबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा थियो ।

उनले पनि कैलाली–५ बाट चुनाव लड्ने तयारी गरेकी थिईन् । पार्टीले भने उनीसहित केही शीर्ष नेताहरुलाई समानुपातिकतर्फ नाम सिफारिश गरेको छ। यसरी समानुपातिकतर्फ सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारको पनि नाम सिफारिश गरिएको बुझिएको छ।

विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले त प्रत्यक्ष चुनाव नलड्ने बताईसकेका छन् । उनीहरुको नाम पनि समानुपातिकतर्फ नै सिफारिश हुने बुझिएको छ । कांग्रेसको पदाधिकारीले समानुपातिकतर्फको नाम टुँगो लगाएको बुझिएको छ । निर्वाचन आयोगले आज साँझसम्म समानुपातिकतर्फको बन्दसूची बुझाउन समयसिमा तोकेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot