Logo

टाउको नढाकेको आरोपमा पक्राउ परेकी युवतीको मृत्युको विरोधमा प्रदर्शन, गोली लागेर ५ जनाको मृत्यु, २५० पक्राउ



एजेन्सी, ४ असोज । इरानमा प्रहरीको विरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर ५ जनाको मृत्यु भएको छ । प्रदर्शनको क्रममा ८० भन्दा बढी घाइते भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

यी प्रदर्शनहरू देशको पश्चिमी भाग कुर्दिस्तानमा सुरु भएको थियो । यहाँका जनताले लामो समयदेखि छुट्टै देशको माग गर्दै आएका छन् ।
टाउको नढाकेको भन्दै २२ वर्षीया महसा अमिनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी महसा कुर्द मूलका थिइन् । हिरासतमा रहँदा उनी कोमामा थिइन् र १६ सेप्टेम्बरमा उनको मृत्यु भयो। यसपछि महिलाहरुको आक्रोश चर्कियो । कुर्दिस्तानका सहरपछि राजधानी तेहरानमा पनि प्रदर्शन भएको छ । हिजाब अनिवार्य सट्टा ऐच्छिक बनाउनुपर्ने महिलाको माग छ ।

८३ वर्षीय खामेनी सन् १९८१ देखि १९८९ सम्म इरानका राष्ट्रपति पनि थिए। उनको नेतृत्वमा सन् १९७९ मा इस्लामिक क्रान्ति भएको थियो ।
कुर्दिस्तानमा मात्र नभई राजधानी तेहरान र देशका धेरै सहरमा खामेनीविरुद्ध प्रदर्शन भइरहेका छन् । महिलासँगै पुरुषको पनि बाक्लो उपस्थिति छ ।

इरानमा विदेशी मिडिया प्रतिबन्धित छ। यहाँ मानिसहरु पुग्न पनि सजिलो छैन । यति हुँदाहुँदै पनि कुर्दिस्तानमा प्रहरी निर्ममताका समाचार बाहिर आइरहेका छन् । सोमबार साँझ इरानको कुर्दिस्तानको महाबाद, दिवान्देरे, साकेज, बुकानलगायत धेरै सहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएको छ । कुर्दिश बहुल सहरहरूमा बजारहरू पनि बन्द छन्।



प्रतिक्रिया दिनुहोस्