Logo

राष्ट्रपतिलाई जनताले जवाफ दिने उपेन्द्र यादवको चेतावनी (भिडिओसहित)



काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयताले मुलुकको हित गरेको बताएका छन् । मुलुकमा कोरोनालगायतका महासंकट आईपर्दा प्रदेशले थामेको उनको भनाई थियो । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कुराकानीको क्रममा पत्रकार धमलाले प्रदेशमा त भ्रष्टाचार धेरै भयो भन्ने गुनासो छ नि ? भनेर सोधेको प्रश्नमा उनले जंगिदै भने–‘अब मैले तपाईँलाई प्रतिप्रश्न गर्नुपर्ने भयो, संघमा सबै साधु÷सन्तहरु छन्, यहाँ कुनै काण्ड भएको छैन्, कुनै भ्रष्टाचार भएको छैन्, एकदमै तिव्र गतिले प्रगति भएको छ र जनताले सुशासनको अनुभूति गरेको हो र ?’

उनले देशमा संघीयता र गणतन्त्र विरोधीले संघीयता मुलुकको लागि अभिषाप भएको भन्ने गरेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगरे जनताले जवाफ दिने यादवको चेतावनी थियो । उक्त विद्येयक संसद्ले पारित गरिसकेकोले अब संसद्को कार्यकाल सकिएकोले प्रमाणीकरण गर्नुपर्दैन भन्ने तर्क नै गलत भएको पनि यादवको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्