Logo

घिमिरे निर्देशित फिल्म ‘चुपचाप’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ४ असोज । एक सफल लेखन तथा निर्देशक विश्वास घिमिरेको निर्देशित नयाँ फिल्म ‘चुपचाप ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नेपाल हाईलाईट डिजिटल युुट्युबल च्यानलबाट सार्वजनिक गरिएको ट्रेलरमा जातको कारण, प्रेम कथा र प्रेममा उत्पन्न समस्यालाई देखाउन खोजिएको छ ।

चलचित्रमा घिमिरे र मनिश पौडेललाई मुख्य पात्रको जोडीको रुपमा देख्न सकिन्छ । फिल्ममा विशेष घिमिरे र अन्जिला भुसालको अन्तरजातीय प्रेम कथा देखाउन खोजिएको छ । पारिवारिक फिल्म रुचाउने दर्शकलाई ट्रेलरले आकर्षित गर्न सक्छ ।

बुटवलमा छायांकन भएको यस फिल्ममा बिश्वश घिमिरे, मनिश पौडेल, शंकर घिमिरे, प्रकृति न्यौपाने , विशेष घिमिरे , अन्जिला भुसाल , नारायण थापा , राजकुमर थापा , ललिता भुसाल, वर्षा काफ्ले , रेशम खड्कालगायतका कलाकारको पनि अभिनय छ भने बिश्वश घिमिरेको कथा सुदिप न्यौपानेको छायांकन, र सुदिप न्यौपानेको सम्पादन छ ।

निर्देशक घिमिरेले यो फिल्मबाट आफ्नो पूर्नजन्म भएको बताउँछन् । कार्यक्रममा उनले भने,‘मैले आजसम्म जति पनि फिल्म बनाएँ, तीमध्ये केही फरक छ ‘चुपचाप ’ । म फेरि एकपटक पारिवारिक फिल्मका साथ फर्किएकाले यसलाई मेरो पूर्नजन्म भन्न मिल्छ । फिल्म साँचिक्कै उत्कृष्ट बनेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot