Logo

लाल मोहम्मदको हत्या कस्ले गर्यो



काठमाडौं, ४ असोज । लाल मोहम्मद अनामनगरमा भएको हत्यामा दोषी ठहरिएर जेल सजाय भोगेर निस्किएका थिए । उनीमाथि जाली नोटको सञ्जालसँग जोडिएको आरोप पनि थियो ।

जेलबाट निस्किएका लाल मोहम्मदको पुरानो कनेक्शनले उनी अन्तर्राष्ट्रिय आपराधिक समूहको तारोमा परेको आशंका गरिएको छ । प्रहरीले पनि त्यही आशंकाका आधारमा अनुसन्धान बढाएको बुझिएको छ ।

भारत, पाकिस्तान, दुबईलगायतसम्म रहेको जाली नोटको जालो नेपालसम्म रहेको चर्चा चल्ने गर्छ । यस्ता गिरोहबीचको द्वन्द्वले हत्यासम्मका घटना हुने गरेका छन् । विशेषगरडी डी ग्रुप भनी चिनिने दाउद इब्राहिम र भारतको विभिन्न आपराधिक समूहबीच टकराव चल्ने गरेको छ । नेपालमा भएका कतिपय हत्याकाण्डलाई यसैसँग पनि जोडेर हेर्ने गरिएको छ ।

लाल मोहम्मद अघि पनि जाली नोटको कारोबारसँग जोडिएका आरोपीहरु मारिएका थिए । जमिम साहको राजधानीको सडकमै हत्या भएको थियो । विभिन्न समयमा मारिएका व्यक्तिहरुका आरोपी सायदै पत्ता लाग्ने गरेको छ ।

लाल मोहम्मदको जाली नोटको कारोबारको आरोप देखि विगतमा हत्याको दोषी ठहर भई जेल बसेर आउनुले उनको बदलाको भावनाले हत्या भएको हुनसक्ने आशंकाहरु पनि गरिएका छन् ।

गोठाटारमा लाल मोहम्मद अन्सारी गार्मेन्ट व्यवसाय गरेर बस्दै आएका थिए । उनको ३ असोजको साँझ योजनावद्ध तरिकाले हत्या भएको थियो ।



प्रतिक्रिया दिनुहोस्