Logo

जेभियर इन्टरनेसनल कलेजद्धारा कक्षा १२ उतिर्ण विद्यार्थीको विदाई कार्यक्रम सम्पन्न



काठमाडौं, ४ असोज । जेभियर इन्टरनेशनल कलेजले प्लस टुमा उतिर्ण विद्यार्थीको विदाई गरेको छ । हिजो एक कार्यक्रमकाविच जेभियर कलेजले बौद्धमा प्लस टुमा उतिर्ण विद्यार्थीको विदाई गरिएको हो ।

नेकपा एमालेका स्थाई कमिटी सदस्य एवम् परराष्ट्र मामलाका विज्ञ डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा विद्यार्थीको विदाई सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख डा राजन भट्टराईले विद्यार्थीलाई आफुले निर्णय गरेर आफ्नो उच्छ शिक्षा अगाडी बढाउनुपर्ने धारणा राखेका थिए ।

विद्यार्थी राजनीतिबाट उदाएका भट्टराईले युवाहरुले राजनीतिमा लागेमात्र देश सही दिशामा जाने र युवाहरुले वास्ता गर्दा मुलुकको राजनीति दिशाहिन हुने भएकाले मताधिकार प्राप्त गरेका सबै विद्यालाई मंसिर ४ गते देशलाई निकास र विकास दिन सक्ने नेता चुन्न अनुरोध समेत गरेका थिए ।

भट्टराईले विद्यार्थीलाई राम्रो संकाय लिएर आफ्नो उच्च शिक्षा अगाडि बढाउन र सबैको सल्लाह लिएर आफ्नो भविस्यको निर्णय आफै लिन अनुरोध समेत गरे ।

कार्यक्रमको सभापतित्व जेभियर इन्टरनेसनल कलेजका सिईओ लोक बहादुर भण्डारीले गरेका थिए ।

कार्यक्रममा १२०० विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीले आफ्नो नृत्य र गायन कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कक्षा १२ उतिर्ण विद्यार्थीलाई कलेजको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा कलेजका निर्देशक गोपाल भण्डारी,प्रधानाध्यापक दिपेन दाहाल लगायतको उपस्थिति रहेको थियो ।

विगतका वर्षका नतिजा हेर्ने हो भने ए लेभलमा धेरै चोटि विश्व टप गरेको विद्यार्थी उत्पादन गर्ने थलो बनेको छ जेभियर ।

२०७८ सालमा जेभियरबाट उतिर्ण छात्रछात्रा मध्य ४३ जना एम बि बि एस र ४६ जनाले इन्जिनियरिङ पढाई सुरु गरिसकेका छन् ।

जेभियर इन्टरनेसनल कलेज २०१९ र २०२१ मा अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट भारत र दुबईमा पुरस्कृत कलेज समेत हो ।



प्रतिक्रिया दिनुहोस्